बुधबार, बैशाख १२, २०८१

विश्वकप फुटवल महासङग्रामको प्रिक्वार्टरफाइनलमा कुन टीमको भिडन्त को सङग ?

काठमाडौ आषाढ १३, ब्राजिलमा जारी विश्वकप फुटवल महासङग्रामको प्रिक्वार्टरफाइनलको पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिलले चिलीको सामना गर्ने भएको छ । विहीवारबाट समूह चरणको खेल सकिए लगत्तै शुक्रवार बनेको समिकरण अनुसार पाँच पटकको विश्वकप विजेता ब्राजिलले चिलीको सामना गर्ने भएको हो । प्रिक्वार्टरफाइनलको पहिलो खेलमा आयोजक ब्राजिलले चिलीको सामना गर्दैछ । पाँच पटकको विश्वकप विजेता ब्राजिल समूह ‘ए’ को विजेता हो । प्रस्तुत  आयोजक राष्ट्र ब्राजिलले चिलीवीचका खेल शनिबार राति पौने १० बजे हुनेछ ।

world-cup-finel
त्यस्तै आइतबार बिहान पौने २ बजे भने कोलम्बिया र उरुग्वे भिड्ने भएका छन् । कोलम्बिया समूह ‘सी’ को विजेता हो भने उरुग्वे समूह ‘डी’ को उपविजेता । जारी विश्वकपमा शुरुदेखि नै आफुलाई बलियो देखाउँदै आएको कोलम्बियाले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग भिड्ने भएको छ ।

त्यस्तै आइतवार राति पौने १० बजे समूह ‘बी’ को विजेता नेदरल्याण्ड्स र समूह ‘ए’ को उपविजेता मेक्सिको बीचको खेल हुने भएको छ भने सोमबार बिहान पौने २ बजेबाट कोष्टारिका र ग्रीसवीचको खेल हुने छ । समूह ‘सी’ को उपविजेता ग्रीसले कोष्टारिकालाई पछार्न निक्कै मेहनेत गर्नुपर्ने देखिन्छ ।
सोमबार राति पौने १० बजे फ्रान्स र नाइजेरियासङग भिड्दै छन् । फ्रान्स समूह ईको विजेता हो भने नाइजेरिया समूह एफ्को उपविजेता हो ।

 त्यसैगरी मंगलबार बिहान पौने २ बजे जर्मनी र अल्जेरिया भिड्ने छन । तीन पटकको विश्वकप विजेता जर्मनी समूह जीको विजेता हो भने अल्जेरियाले समूह एचको उपविजेताका रुपमा आफुलाइ स्थपित गरेको छ ।  यसैवीच मंगलबार राति पौने १० बजे अर्जेन्टिनाले स्वीट्जरल्याण्डको सामना गर्दैछ । समूह एफ विजेता बन्ने क्रममा अर्जेन्टिनाले सतप्रतिशत नतिजा निकालेको छ । लिओनल मेसीकै भरमा राम्रो नतिजा निकाल्दै आएको अर्जेन्टिनाका लागि नक अउट चरण फलामको च्यूरा बन्ने देखिन्छ । बुधबार बिहान पौने २ बजेको अन्तिम प्रिक्वार्टरफाइनलमा समूह एचको विजेता बेल्जियम र समूह ‘जी’ को उपविजेता अमेरिका भिड्ने छन् ।

1.प्रिक्वार्टरफाइनलको पहिलो  खेल  आयोजक राष्ट्र ब्राजिल- चिली -शनिबार राति पौने १०

2. कोलम्बिया र उरुग्वे  आइतबार- बिहान पौने २ बजे

3.नेदरल्याण्ड्स र  मेक्सिको -आइतवार राति पौने १० बजे

4.कोष्टारिका र ग्रीसवी – सोमबार बिहान पौने २ बजे

5.फ्रान्स र नाइजेरिया – सोमबार राति पौने १० बजे

6.जर्मनी र अल्जेरिया -मंगलबार बिहान पौने २ बजे

7.अर्जेन्टिना र स्वीट्जरल्याण्ड -मंगलबार राति पौने १० बजे

8.बेल्जियम र अमेरिका -बुधबार बिहान पौने २ बजे