बुधबार, बैशाख १२, २०८१

विशेष स्वास्थ्य परीक्षण गराउन प्रम कोइरालालाई चिकित्सकको सुझाव

काठमाडौँ ज्येष्ठ २७, ब्रोङ्काइटिसको औषधि नियमित सेवन गरिरहनुभएका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले नियमित स्वास्थ्य परीक्षणका लागि सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिएका छन् । प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक प्राडा करवीरनाथ योगीद्वारा आज जारी विज्ञप्तिमा  Sushil प्रधानमन्त्रीको सिटी स्क्यान गर्दा फोक्सोमा सानो दाग देखिएका कारण सो  सम्बन्धमा  थप परीक्षण हुँदै गरेको उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा प्रधानमन्त्री कोइराला लाई   गत तीन हप्ता यतादेखि   सुख्खा खोकी र कहिलेकाही ज्वरो आउने लक्षण देखिएको भन्दै स्वास्थ्य परीक्षणका लागि सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिएको जनाइएको छ । त्यस्तै विज्ञप्तिमा स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा समाचार दिँदा सम्बन्धित व्यक्तिको गोपनियताको हक र निजको चिकित्सकको व्यावसायिक धर्मलाई समेत ध्यानमा राखी समाचार प्रकाशित गर्नसमेत सञ्चारकर्मीलाई अनुरोध गरिएको छ ।