शनिबार, बैशाख ८, २०८१

विपक्षीको माग सम्बोधनका लागि वार्ता सुरु गर्ने काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष

nc jhandaकाठमाडौँ ज्येष्ठ १८, व्यवस्थापिका–संसद्मा केहिदिन यतादेखि यो वा त्यो बाँहनामा बैठक सुरु हुने वित्तिकै विपक्षीले गरेको अवरोधको समाधान गर्ने विषयमा रणनीति तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सत्तारुढदल काँग्रेस पदाधिकारीको बैठकले वार्ता र संवादकै विधिमार्फत विपक्षीको मागलाई सम्बोधन गर्ने नितिगत निर्णय गरेको छ ।

त्यस्तै बैठकले सत्ता साझेदार दल नेकपाएमालेसँग पनि समान धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष तय गर्दै सोमबार पुनः एमालेसँग छलफल गरिने र सोही छलफलको आधारमा एमाओवादीलगायत विपक्षी दलसँग पनि छलफल गर्ने तयारी गरेको बुझिएको छ ।

दोस्रो संविधानसभा निर्वाचनको क्रममा भएको भनिएको धाँधली छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने, आर्थिक वर्षको अन्त्यतिर आएर व्यापकरुपमा विभिन्न आयोजनामा रकमान्तर गरिएको र मन्त्रिपरिषद्ले २६ जना संविधानसभाका सदस्यहरुको मनोनयन गर्नुपर्ने विषयलाई लिएर एमाओवादीलगायत विपक्षी दलले केहि दिन यता देखि बैठक संचालनमा अवरोध गर्दै आएका छन ।