शुक्रबार, बैशाख ७, २०८१

वर्ष २०७०को एसएलसी परीक्षाको नतिजा शनिवार सम्ममा,नतिजा टेलिकमका सेवामा पनि

माविस्तर परीक्षाको फलामे ढोकाका रुपमा पहिचान गरिएको  एसएलसी परीक्षाको रिजल्ट  शनिवार सम्ममा सार्वजनिक हुँने

काठमाडौं ज्येष्ठ २८,  यस वर्षको एसएलसी परीक्षाको रिजल्ट आमामी ज्येष्ठ महिनाको अन्तिम शनिबार सम्ममा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको छ । कार्यालयले परीक्षामा सहभागी विद्यार्थाीहरुले प्राप्त गरेको प्राप्ताङकको लेजर तयार भएको जनाउँदै परीक्षाफल images1प्रकाशनको लागि शनिवार सम्मको मितिरेखा तय गरेको जनाएको छ।यसपटक ग्रेस पाँच नम्बर थपिएको बताउँदै पनिकाले परीक्षामा नियमित र एम्जाम्टेड गरी कुल ५ लाख ६६ हजार ८५ जना विद्यार्थी सहभागी रहको जनाएको छ। एसएलसी परीक्षालाइ माविस्तरको परीक्षाको फलामे ढोकाको रुपमा images (31)लिइन्छ ।

यसैवीच नेपाल टेलिकमले आफ्ना सेवामार्फत एसएलसी परीक्षाको परिणाम सेवाग्राहीलाई उपलब्ध गराउने भएको छ । टेलिकमले आज जारी विज्ञप्तिमा उल्लेख गरे अनुसार वर्ष २०७० को एसएलसी परीक्षाको परिणाम कम्पनीको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने जनाएको छ ।
त्यसैगरी जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर जिएसएम मोबाइलबाट १६०० मा सिम्बोल नम्बर अथवा अल्फाबेट डायल गरी कल गरेर व मार्कसिटसहितको नतिजाका लागि नेपाल टेलिकमको बेवसाइट -slc.ntc.net.np_ मार्फत पनि प्राप्त गर्न सकिने बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031