शुक्रबार, बैशाख १४, २०८१

लोकतान्त्रिक संविधान निमार्णको जनदायित्व पूरा गर्न काँग्रेस प्रतिवद्ध : महामन्त्री सिंह

काठमाडौ आषाढ १३, उपप्रधान एवम स्थानीय बिकास मन्त्री प्रकाशमान सिंहले स्थानीय निकाय नहुँदा देशैभर विकास निर्माणको काम अवरुद्ध भएको र बजेट दुरुपयोग भईरहेको बताएका छन् ।

आज सर्लाही जिविसको विकास योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै आजै काँग्रेसका महामन्त्री समेत रहेका मन्त्री सिहंले सर्लाही काँग्रेसले हरिवनमा आयोजना गरेको स्वागत कार्यक्रम एवम् जिल्ला स्तरिय कार्यकर्ता भेलालाई   सम्बोधन गर्दै विधि र प्रक्रिया पुर्‍याएर यथाशक्य छिटो स्थानीय निकायको निर्बाचन गर्न सरकार लागिपरेको बताउँदै कांग्रेसलाई लोकतान्त्रिक संविधान निमार्णका लागि जनताले दिएको जिम्मेवारी ईमान्दारीपूर्वक पूरा गर्न प्रतिवद्ध रहेको बताउँनु भएको प्राप्त समाचारमा जनाइएको छ ।

त्यस अवसरमा महामन्त्री सिंहले चुरेभावर पार्टी लगायत अन्य विभिन्न् पार्ठी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेस गरेको उक्त पार्टीका महासचिव सहितका नौ जना केन्द्रीय सदस्य लगायतका नेता तथा कार्यकर्ताहरुलाइ पार्टी प्रवेस गराउनु भएको पप्त समाचारमा उल्लेख गरिएको छ । तस्विर: युपी लामिछाने