शनिबार, बैशाख ८, २०८१

लाल किल्ला तोड्दै काठमाडौं क्षेत्र २ मा काँग्रेसका उम्मेदवार कुइकेल निर्वाचित हुँदै  

deepak kuek काठमाडौं आषाढ ९, संविधानसभा सदस्यका लागि आइतबार सम्पन्न भएको ४ वटा निर्वाचन क्षेत्र मध्य सर्वाधिक चर्चाको क्षेत्र बनेको काठमाडौं क्षेत्र न.२.मा नेपालीका काँग्रेसका उम्मेदवार दीपक कुइकेलले आफ्ना निकटम प्रतिद्धन्दी एमालेका कृष्णगोपाल श्रेष्ठलाई अत्याधिक  मतान्तरमा पराजित गरेको छ ।काठमाडौं क्षेत्र न.२.मा  कांग्रेसको  तर्फबाट दीपक कुइकेल, एमालेबाट कृष्णगोपाल श्रेष्ठ र एमाओवादीबाट लिलामणी पोखरेलको उम्मेदवारी रहेको थियो ।

यसअघि त्यस क्षेत्रबाट एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले चुनाव जितेका थिए ।  नेकपा एमालेले काठमाडौं क्षेत्र न २ मा उम्मेदवार बनाएका श्रेष्ठ गत मङसिर ४ गने सम्पन्न् संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र न ९ मा काँग्रेसकै ध्यानगोविन्द रञ्जीत सङग पराजित भएको थियो । यो समाचार तयार पार्दा सम्म   काँग्रेसका उम्मेदवारले आफ्ना प्रतिद्धवन्दी एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई  ५ हजार ५१ मतले पछि पार्दै    १७ हजार ६ सय १३ मत प्राप्त गरिसकेको अवस्था छ ।

कांग्रेसको   १७ हजार ६ सय १३ मत , एमालेले १२ हजार ५ सय ६३ मत , एमाओवादीको ४ हजार १ सय ८१ मत रहेको छ । मतगणना अहिले पनि जारी रहेको छ ।