शुक्रबार, चैत्र १६, २०८०

ललितपुरमा नयाँ  ब्लड बैंकको स्थापना

राजनीतिक स्थायित्वको लागि निर्धारित मितिमा नयाँ संविधान : उपप्रम सिंह

ललितपुर अषाढ ४, नेपाल रेडक्रस सोसाईटी , हार्ट फाउन्डेसन र नेपाल रोटरीले संयुक्त प्रयासमा ललितपुरको जाउलाखेलमा पहिलो रक्त संचार केन्द्र

puस्थापना गरिएको छ ।

कोरियास्थित रोटरी हार्ट फाउण्डेसन क्लवको एक लाख ९२ अमेरिकी डलर बराबरका सामग्री अन्य विभिन्न संघसंस्थाहरूको सहयोगमा स्थापना गएिको उक्त ब्लड बैंकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकलाई निकास दिन राजनीतिक स्थायित्व अनिर्वाय रहेको बताउदै यसका लागि निर्धारित मितिमा नयाँ संविधान जारी गर्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सामाजिक संघ संस्थाहरुले मुलुकमा पुर्याएको योगदानको प्रशंसा गर्दै राज्य एक्लैले चाहेर मुलुकमा जअपेक्षा अनुरुपको काम हुन नसक्ने भन्दै त्यसका लागि सामाजिक संघ संस्था र सबैको सहयोग अपरिहार्य रहेको बताउँनु भएको थियो । (फोटो: युपी लामिछाने )