शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राणा

काठमाडौँ ज्येष्ठ २५, राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय समितिका बहुमत सदस्यको आजको बैठकले पार्टीको अध्यक्षमा पशुपतिशम्शेर pashupati-samsher राणालाई चयन गरेको छ । बैठकमा अध्यक्ष सूर्यबहादुर थापाले दिनुभएको राजीनामापत्र पढेर सुनाइएपछि राणालाई अध्यक्ष प्रस्ताव हुँदा सो प्रस्ताव पारित गरिएको पार्टीका सहमहामन्त्री किरण गिरीले जानकारी दिनुभयो ।

कुल १०७ सदस्यीय समितिमा बैठकमा ८१ जनाको उपस्थिति रहेको बताइएको छ । केही दिनअघि नेता लोकेन्द्रबहादुर चन्दले महाधिवेशनबाट पारित आलोपालो नीतिअनुसार आफू स्वतः अध्यक्ष भएको घोषणा गरी कार्यालय पुगी पद बहाली पनि गरिसक्नुभएको थियो । राणालाई अध्यक्षमा चयनसँगै दुई पक्षबीचको विवाद थप चर्किएको छ ।