शनिबार, बैशाख ८, २०८१

राप्रपाको अवको लक्ष्य स्थानीय निर्वाचन : अध्यक्ष राणा

काठमाडौँ ज्येष्ठ ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष पशुपतिशम्शेर राणालाई सो पार्टीको राप्रपा काठमाडौँ जिल्ला समितिद्वारा  राजधानीमा एक कार्यक्रमकावीच स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

 स्वागत समारोह पछि कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष राणाले पार्टीको अवको लक्ष्य भनेको स्थानीय निर्वाचन भएको भन्दै प्रस्तुत निर्वाचनमा बढीभन्दा बढी जनतालाई आफ्नो पक्षमा ल्याउन स्थानीय निकायमा प्रतिवद्धरुपमा क्रियाशिल हुन सम्पूर्ण नेताकार्यकर्ता अघि बढ्न निर्देशन दिनु भएको छ ।

कार्यक्रममा पार्टीका महामन्त्रीद्धय दीपक बोहरा, बुद्धिमान तामाङ, सहायक महामन्त्री भुवन पाठक, प्रवक्ता ठाकुरप्रसाद शर्मा लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।