मङ्लबार, बैशाख ११, २०८१

राजधानीको नघलःस्थित धर्मकीर्ति विहारमा नेत्री सुकीको भव्य स्वागत

suchi-final1save काठमाडौँ अषाढ २, प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाइ आज राजधानीको नघलःस्थित धर्मकीर्ति अर्थाथ श्रीघः विहारमा स्वागत गरिएको छ । नेपाल भ्रमणमा रहनुभएका नेत्री सुकीलाई विहारको प्रवेशद्वारदेखि नै फूलमाला र खादा सहित भव्य स्वागत गरिएको थियो । स्वागतको क्रममा स्थानीय प्रभात माविका शिक्षक–विद्यार्थीले पनि सुकीलाई लाइनबद्ध भएर स्वागत गरेका थिए ।

नेत्री सुकीका साथ विहारमा उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह पनि पुग्नुभएको थियो । स्वागत सत्कार पछि नेत्री सुकीले समारोहलाई सम्बोधन गर्दै धर्मकीर्ति विहारसङग आफ्नो बाल्यकालको सम्झना जोडिएको बताउँदै विहारकी गुरुआमा धम्मावतीसङग विशेष भेटवार्ता गनु भएको प्रप्त समाचारमा उल्लेख गरिएको छ ।