बिहिबार, चैत्र १५, २०८०

यो वा त्यो वाहनामा धर्म परिवर्तन गराउने कार्य अनियन्त्रित रुपमा बढ्दो : मन्त्री केसी

भक्तपुर ज्येष्ठ २३,  डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले बिहीबार डोलेश्वर मन्दिरमा आयोजना गरेको पारिजातको विरुवा रोपन  nilam kc mantri कार्यक्रममा बोल्दै महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले नेपाली समाजमा अहिले विभिन्न प्रलोभनमा जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य अनियन्त्रित रुपमा बढदै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । त्यस्तै मन्त्री केसीले समाजमा बढ्दो यो प्रवृतिलाइ समयमानै नरोक्ने हो भने हामीवीच विद्यमान धार्मिक सहिष्णुता मा खलल आउँने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा उहाँले यो वा त्यो वाहनामा भईरहेको धर्म परिवर्तनको विगविगीलाइ रोक्न हातमा हात मिलाएर अगाडि बढेनु पर्ने अभिव्यक्ति दिनु भएको थियो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, समितिका कार्यवाहक अध्यक्ष किरण थापा, समितिका सदस्य दामोदर भट्टराईलगायतले डोलेश्वरको विकास समितिगुरुयोजना सफल पार्न सबैले सहयोग अनिवार्य रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।