शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ उपनिर्वाचनको लागि काठमाडौं क्षेत्र न.२ मा सवारीआवागमन निषेध गरिएका क्षेत्र

काठमाडौं अषाढ ८ , संविधान सभा सदस्यको उप निर्वाचन अन्र्तगत काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार बिहान ५ बजेदेखि मतदान नसकिएसम्म सवारी साधन चलाउन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

सवारी साधन चलाउन निषेध गरिएका क्षेत्र निम्नानुसार रहेको छ ।

kathmandu-detailed-city-mapबानेश्वर, कोटेश्वर गोठाटार, पेप्सीकोला, गौरीघाट लगायतमा सवारी निशेध छ । यस्तै धोबीखोला सेतोपुलबाट निर्वाचन क्षेत्रनम्बर दुई तर्फ सवारी साधन जान रोक लगाइएको छ । रातोपुलबाट समेत सवारी जान पाउदैनन् । गौशाला चोकबाट निर्वाचन क्षेत्र नम्बर दुईमा सवारी साधन चल्न नपाउने गरी कर्डन गरिएको छ । सिनामङगल, पिंगलास्थान, निलोपुल, रातोपुलको ओरालो, बनकालीको ओरालो, सुकुम्बासीब��्तीबाट ललितपुर जाने पुलमा समेत सवारी प्रवेसमा रोक लगाइएको छ ।

शंखमुलबाट महादेबस्थान, मदनभण्डारी कलेज धोबीखोला, देवीनगरबाट बानेश्वर हाईट, हनुमानस्थान पुलबाट बानेश्वर तर्फ सवारी चलाउन नदिने भएको छ । भक्तपुरको मनोहरा पुल हुदै राजधानी भित्रिने सवारी साधनलाई कोटेश्वरबाट ललितपुरको बालकुमारी तर्फ मोडिने छ । बिचमा कुनै पनि सवारी रोक्न  दिईने छैन ।

यस्तै भक्तपुर जाने सवारी साधन पनि बानेश्वरबाट बालकुमारी र कोटेश्वर हुदै सोझै भक्तपुर तर्फ जानुपर्नेछ । बिचमा कहीं रोक्न पाइदैन । यस्तै भक्तपुरको पुरानोबाटो हुदै पेप्सीकोला आउने सवारीलाई रोकिएको छ । जोरपाटीबाट मुलपानी तर्फ जाने सवारीलाई सुरक्षाकमीले बिच बाटोमा नै रोक्नेछन् ।

गोठाटार पुलबाट पेप्सीकोला तर्फ जान पाईदैन । गोकर्ण हुनमानचोकबाट मुलपानीतर्फ जान नपाउने ब्यवस्था गरेको छ । यस्तै निर्वाचन हुने ९ वटा गाविस गोठाटार, डाँछी, नाङलेभारे, पुकुलाछी, बज्रयोगिनी, मुलपानी, लप्सीफेदी, सुनटोल र ईन्द्रायणी गाविसमा सवारी साधन चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।