शुक्रबार, चैत्र १६, २०८०

मुलुकको शासकीय स्वरुपको प्रसङगमा दलहरूको आ-आफ्नै तर्क

काठमाडौँ अषाढ २, तत्कालीन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषयहरूको निक्र्योलसम्बन्धी प्रतिवेदन २०७१ र असहमतिको विषयहरूको निक्र्योलसम्बन्धी प्रतिवेदनमा भएको छलफल��ा भाग लिँदै सभासद्हरूले आ–आफ्नै Dal-banne दलका अडानबाट पछि नहट्ने सङकेत दिएका छन ।

त्यस्तै आजको बैठकमा काँग्रेसले संसदीय प्रणालीमा जोड दिदै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले अधिनायकवाद जन्माउने बताएका छन भने  एमाले सम्वद्ध सभाद्हरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिभन्दा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट  निर्वाचित राष्ट्रपति  उपयुक्तहुने बताएका छन ।

 त्यस्तै गरि एमाओवादीले मुलुकलाई स्थिर बनाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा मत प्रकट गरेको बुुझिएको छ । त्यसैगरि बैठकमा सद्भावना पाटी, मधेसी जनअधिकार फोरम नेपाल, नेकपा ९माले० राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले पनि प्रस्तुत विषयमा अलगअलग धारणा राख्नु भएको थियो ।   संविधानसभाको अर्को बैठक मङ्गलबार बिहान ११.०० बजे बस्नेछ ।