शनिबार, बैशाख ८, २०८१

मुलुकको आर्थिक समृद्धिका लागि काँग्रेसलाई विजयी बनाउँ : उपसभापति पौडेल

काठमाडौँ आषाढ ५, संविधानसभाको उपनिर्वाचनका लागि नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं.२ ले आज आयोजना गरेको आमसभालाइ सम्बोधन गर्दै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान लेखन प्रक्रियालाई पूर्णता दिदै मुलुकको आर्थिक समृद्धिका लागि काँग्रेसका उम्मेदवार लाई 10462546_10152527108792329_2345096789536320062_nविजयी बनाउन आग्रह गर्नु भएको छ ।

त्यस्तै गरी पार्टी महामन्त्री प्रकाशमान सिंहले संविधान लेखनको क्रमम आउन सक्ने अतिवादी गतिरोधको अन्त्य गर्दै लोकतान्त्रिक संविधन लेखनका लागि काँग्रेस मात्र विकल्प भएका कारण काठमाडौं लगायत मोफसलका ३ वटा जिल्लामा काग्रेसका उम्मेदवारलाइ निर्वाचित गर्नु जरुरी रहेको बताउँनु भएको छ ।

आमसभालाई सम्बोधन गर्ने क्रममा  काँग्रेसका केन्द्रीय सदस्यद्धय डा मिनेन्द्र रिजाल र गगन थापाले संविधान लेखन कार्यले जारी रानजीतिक गतिरोधलाई अन्त्य गर्दै लोकतन्त्रको संस्थागत र राष्ट्रिय आवश्यकताको परिपूर्तिका साथै स्थानीय विकासका मुद्धालाइ सम्मोधन गर्न काग्रेसलाइ निर्वाचित गराउनु पर्ने धारणा राख्नु भएको थियो । सभामा उम्मेदवार दीपकप्रसाद कुइँकेल, क्षेत्रीय सभापति उपेन्द्र कार्की लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।   फोटो: युपी लामिछाने