शुक्रबार, बैशाख १४, २०८१

मुख्य सचिवले भने- दलको कार्यक्रममा विद्यार्थी पठाउँने विद्यालयलाइ कारवाही गर्नु

रीमा स्थापित/भक्तपुर ज्येष्ठ २९, मुख्य सचिव लीलामणि पौडेलले बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रमा बोल्दै कुनै पनि राजनीतिक दलको कार्यक्रममा विद्यार्थी पठाउने विद्यालयलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन मुख्य सचिव लीलामणि पौडेलदिनुभएको छ । त्यसै अवसरमा उहाँले विद्यालयका विद्यार्थीलाइ राजनीतिक दलहरूले प्रयोग नर्गन पनि आग्रह गर्नु भएको छ ।

साथै घरेलु कामदार राख्नु ऐनविपरीत भएकाले यसलाई निषेध गर्नुपर्ने भन्दै उहाँले स्थानीय निकायमा सिफारिस लिन आउनेलाई घरेलु कामदार भए नभएको जानकारीसहितको फाराम भर्न लगाउने तयारी सरकारले गदै गरेको बताउँदै सरकारले मुलुकमा बालश्रम उन्मुलन गर्नका लागि हरसंभव प्रयासको थालनीमा जुटेको बताउँनु भएको छ ।

च्याम्हसिंहबाट सुरु भएको बालश्रमविरुद्धको -याली भक्तपुर नगरको विभिन्न भाग परिक्रमा गर्दै दरबार स्क्वायरमा आएर समापन भएको कार्यक्रममा गौरी प्रधान लगायतका वक्तहरुले पनि मुलुकमा बालश्रमिकको अवस्थ दिनानुदिन बढेदै गएको बताउँदै यसलाइ समयमानै रोक्नु पर्ने अन्यथा स्थिती आफैमा असमान्य बन्दै जाने जिकीर गर्नु भएको थियो ।   -प्रशिक्षार्थी पत्रकार