शनिबार, बैशाख ८, २०८१

महानगरपलिका, नगरपालिका लगायतका क्षेत्रलाई बालश्रममुक्त क्षेत्र बनाउने सरोकारवालहरुको प्रतिबद्धता

रीमा स्थापित/काठमाडौँ ज्येष्ठ २८, प्रत्येक वर्ष जुन १२ का दिन मनाईने बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा श्रम विभागले आज राजधानीमा आयोजना balbalika गरेको कार्यक्रममा काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका , भक्तपुर नगरपालिका, कीर्तिपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई बालश्रममुक्त क्षेत्र बनाउन सरोकारवाला निकायका प्रतिनिधीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

दिवसका अवसरमा काठमाडौं ललिपुर र भक्तपुरमा बालअधिकारसम्बन्धी सप्ताहव्यापी विभिन्न कार्यक्रमसमेत भइरहेको जानकारी दिइएको उक्त कार्यक्रममा श्रम विभागका महानिर्देशक रविन्द्रमोहन भट्टराईले श्रम तथा रोजगार मन्त्रालयको पहलमा बालश्रमसम्बन्धी राष्ट्रिय बालश्रम नीति तथा विद्यमान बालश्रम ऐन, २०५६ को संशोधनलगायत जोखिमयुक्त बालश्रमको सूची निर्धारणको कार्य भइरहेको जानकारी दिनुभएको थियो । -प्रशिक्षार्थी पत्रकार