शुक्रबार, बैशाख ७, २०८१

महाधिवेशनको नयाँ मिति तय गर्न बसेको नेविसङघको बैठक विनानिष्कर्ष स्थगित 

काठमाडौं अषाढ १, नेविसङघको गत ज्येष्ठ २९, ३० र ३१ गतेका लागि तय भएको महाधिवेशन विशेष कारणबश’ भन्दै स्थगित गरिए पछि नयाँ upमहाधिवेशनको मिति तय गर्न र महाधिवेशनको कार्यनितिका सम्बन्धमा छलफल गर्न आज बसेको नेविसंघको बैठक कुनै निष्कर्ष विना सोमबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।
आजको बैठकमा उपस्थित विद्यार्थी विभाग प्रमुख एवं केन्द्रीय सदस्य नविन्द्रराज जोशीले अधिवेशन विवादित भएको स्थानमा विधि र प्रक्रिया पुर्याएर पुनः अधिवेशन गर्ने त्यस्तै गरि अधिवेशन हुन नसकेको शाखाहरुलाई निश्चित मिति तोकेर अधिवेशन गर्ने गरी कार्यतालिका बनाउन निर्देशन दिएको बुझिएको छ ।

आजको बैठकमा विद्यार्थी विभाग प्रमुख जोशीले सङघको महाधिवेशनको लागि नयाँ कार्यतालिका बनाएर मिति सिफारिस गर्न नेविसंघ केन्द्रीय समितिलाई निर्देशन दिएको प्रवक्ता युपी लामिछानेले जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031