शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषदको बैठक भिडिओ कन्फ्रेन्सबाट हुने

काठमाडौ आषाढ १३, प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो उपचार लम्बिने भएपछि सत्ता साझेदार दल, प्रमुख प्रतिपक्षी दलका नेतालगायतसँग फोनमा कुरा गरी सरकारको नीति तथा कार्यक्रम अघि बढाउन अनुमति दिएका छन्। यस विषयमा राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री कोइरालाबीच singhadurbarपनि बुधबार र बिहीबार फोनवार्ता भएको छ। कोइरालाले सरकारको नीति तथा कार्यक्रम र बजेट अघि बढाउन मन्त्रीहरूलाई पनि निर्देशन दिएका छन्।

अर्थमन्त्री रामशरण महत र कानुनमन्त्री नरहरि आचार्यले बिहीबार फोन गरी नीति तथा कार्यक्रम अघि बढाउने विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री नहुँदा मन्त्रिपरिषद् बैठक नबस्ने विगतको परम्परा रहेकाले यसपटक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा के गर्ने भन्ने विषयमा कोइरालाले दुई मन्त्रीसँग छलफल गरेका थिए। कोइरालाले आफ्नो उपचार लम्बिने भएकाले मुलुकलाई नै विलम्बमा राख्न नहुने भन्दै सहमतिमा मन्त्रिपरिषद् बैठक राखेर अघि बढ्न सहमति दिएका छन्। मन्त्रिपरिषद् बैठक ‘भिडियो कन्फरेन्स’ बाट गर्ने कि भन्ने विषयमा पनि छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए।

अर्थमन्त्री महत, कानुनमन्त्री आचार्यलगायतले भिडियो कन्फरेन्सबाट बैठक गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल गरेका थिए। त्यसपछि प्रधानमन्त्रीका प्रशासन सल्लाहकार बाबुराम आचार्य, विदेश मामिला सल्लाहकार दिनेश भट्टराई र सूचनाप्रविधिका विज्ञ स्वकीय सहसचिव अतुल कोइरालाले मुख्यसचिव लीलामणि पौडेलसँग परामर्श गरेको खवर आजको अन्ननपूर्ण पोष्टमा छापिएको छ ।  मुख्यसचिव पौडेलले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक राख्दा उपयुक्त हुने बताएको जानकारी सल्लाहकार आचार्यले दिए। यस विषयमा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमसँग भने छलफल गर्न बाँकी रहेको प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031