शनिबार, बैशाख ८, २०८१

ब्राजिल र कोलम्बिया विश्वकप महासङग्रामको सुपर आठमा

विश्वकप महासङग्राममा आज नेदरल्याण्ड्स र मेक्सिको , कोष्टारिका र ग्रीस भिड्दै 

काठमाडौं आषाढ १५, विश्वकप महासङग्रामको प्रि क्वाटरफाइनलको शनिवार राती पौने दश वजे र आइतवार विहान पौने दुइ वजे भएको खेलमा world-cup-finelब्राजिल र कोलम्बियाले क्रमस चिली र उरुग्वे लाई पराजित गर्दै महासङग्रामका सुपर आठमा पुग्न सफल भएको छ ।

गएराति भएका प्रि–क्वाटरफाईनल खेलमा ब्राजिलले चिलीलाई पेनाल्टी शुट आउटमा ३- २ को गोल अन्तरमा त्यस्तै गरि उरुग्वे र कोलम्बियावीचके अर्को खेलमा २-० को गेल अन्तरमा पराजित गरेको हो । यसैवीच आज नेदरल्याण्ड्स र मेक्सिकोवीचको खेल राति पौने १० बजे र कोष्टारिका र ग्रीसवीचके अर्को खेल सोमबार बिहान पौने २ बजे हुने छ ।