शनिबार, बैशाख ८, २०८१

बस्नेत र पालले पनि गरे उम्मेदवारीको घोषणा

basnet-maheshNiru_Pal_ काठमाडौँ आषाढ १५, युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष निरु पालले एमालेको आउँदो नवौंँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारीको घोषणा गर्नुभएको छ । सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सङ्घका महासचिव राजीव पहारीले उहाँहरूको उम्मेदवारीको घोषणा गर्नुभएको हो ।