शुक्रबार, चैत्र १६, २०८०

फ्ल्याट माफिया उज्वल आचार्य पक्राउ

काठमाडौँज्येष्ठ २७, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फ्ल्याट माफिया उज्वल आचार्यलाइ पक्राउ गरेको छ । आचार्यले रोवियस जि स्टार हाउजिङविल्डर्स एण्ड डेभलपमेन्टका फ्ल्याट बिक्री गर्ने भन्दै ७६ जनासँग रु आठ करोड २१ लाख ४३ हजार २७० उठाई ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।  केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार हाउजिङको नाममा पिडितहरुसङग पैसा उदाने तर समयमा फ्ल्याट उपलब्ध नगराउने गरेको त्यस्तै फ्ल्याट बिक्री गर्ने भनी विज्ञापन गरी ठगी गरेको र बोलकबोलबमोजिम काम नगरेको देखिएकाले पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीलाइ उदत गर्दै प्राप्त समाचारमा जनाएको छ ।