शुक्रबार, बैशाख १४, २०८१

प्रम कोइरालाको फोक्सोको उपचारका लागि शुक्रबारदेखि रेडियोथेरापी गरिने

काठमाडौं आषाढ १२, प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोको उपचारका लागि शुक्रबारदेखि रेडियोथेरापी गरिने न्युयोर्कस्थित संयुक्त राष्ट्र  Sushil सङ्घका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

स्वास्थ्य परिक्षणको क्रममा प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको र सोको उपचारका लगि न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरका चिकित्सकको टोलीले प्रम कोइरालालाई रेडियोथेरापी गर्न सुझाव दिएको उपचारमा संलग्न उहाँका निजी चिकित्सक प्रा डा करवीरनाथ योगीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रम कोइरालाको ‘क्रोनिक ब्रोङ्काइटिस’ले गर्दा फोक्सोको गहन शल्यक्रिया गर्न नमिल्ने भएकोले तत्काललाई रेडियोथेरापी उपभार पदद्धि सुरु गन लागिएको बतइएके छ ।