शनिबार, बैशाख ८, २०८१

प्रजातान्त्रिक आन्दोलनमा काँग्रेस नेत्री आचार्यको योगदान अनुकरणीय :उपसभापति पौडेल

काठमाडौँ ज्येष्ठ २९ ,नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुयाउँदै आएका काँग्रेस नेत्री शैलजा आचार्यको पाँचौँ स्मृति दिवसका  ailajaअवसरमा शैलजा आचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित शैलजा आचार्यको योगदान’ विषयको प्रवचन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनमा नेत्री आचार्यले गर्नुभएको निष्ठाको राजनीति सबैका लागि अनुकरणीय भएको बताउनुभएको छ ।

त्यस्तै काँगेस महामन्त्री नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंह, महामन्त्री कृष्णप्रसाद सिटौला र काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्का लगायतका वक्ताले नेत्री आचार्यले आफ्नो जीवनकलमा मुलुको प्रजातान्त्रिक आन्दोलनका क्रममा निर्वाह गर्नु भएको भूमिका र देखाउँनु भएको आर्दशबाट धेरै कुरा सिक्न सकिने बताउँदै उहँले देश र जनताको स्वतन्त्रताका लागि गरेको सङ्घर्ष चिरकालसम्म जीवन्त रहने बताउँनुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अम्बिका बस्नेत, आनन्द ढुङ्गानालगायतले पनि बोल्नु भएको थियो ।