बिहिबार, बैशाख ६, २०८१

प्रजातन्त्रवादी नेत्री सुची र प्रधानमन्त्री कोइरालाबीच विशेष भेटवार्ता

काठमाडौ ज्येष्ठ ३०,  जननायक स्व: विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा राजधानीमा वीपी चिन्तन प्रतिष्ठान र वीपी ट्रष्टले sushil-sukiआयोजना गरेको विशेष कार्यक्रमको प्रमुख आतिथ्यताका ग्रहण गर्ने क्रममा नेपालको भ्रमणमा आएकी बर्माकी प्रजातन्त्रवादी नेतृ एवम् नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुचीले आज प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै लोकतन्त्र र प्रजातान्त्रिक समाजवाद लगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री कोइरालाले सुचीको सम्मानमा रात्रीभोज आयोजना गरेका छन् । सुची नेपालको चार दिने भ्रमणका लागि आजै मध्याह्न थाइ एअरको नियमित उडानबाट काठमाडौं आएकी हुन् । सुचीलाई स्वागत गर्न वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यलगायतको सरकारी टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

सुचीको स्वागतमा नेपाल म्यानमारबीचको मित्रता झल्कने प्लेकार्ड र व्यानर बोकेर सयौं समर्थक विमानस्थल पुगेका थिए । कडा सुरक्षाबीच सुची विमानस्थलबाट सोझै बौद्धस्थित होटल हायात पुगेकी थिइन् । जननायक स्व: विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा राजधानीमा वीपी चिन्तन प्रतिष्ठान र वीपी ट्रष्टले आयोजना गरेको विशेष कार्यक्रमको प्रमुख आतिथ्यताका लागि सुची काठमाडौं आएकी हुन् ।