शनिबार, बैशाख ८, २०८१

प्रजातन्त्रवादी नेत्री सुकी भोलि नेपाल आउँदै

काठमाडौ ज्येष्ठ २९, बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन भाग लिन मान्मारकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति   प्रजातन्त्रवादी नेत्री सुकी पुरस्कार विजेता आङसाङ सुकी शुक्रवार नेपाल आउँदै हुनुहुन्छ । सुकीलाई सरकारका तर्फबाट वन तथा भू संरक्षण मन्त्री महेश आचार्य र बिपी चिन्तन प्रतिष्ठानका तर्फबाट अध्यक्ष हरिबोल भट्टराइसहितको टोलीले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको प्राप्त समाचरमा उल्लेख गरिएको छ ।

सम्मेलनमा भाग लिन सुकीसहित सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउ पनि नेपाल आउँदै हुनुहुन्छ ।  परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सुकीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गर्नुका साथै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नुहुने कायक्रम रहेको जनाएको छ ।