बुधबार, बैशाख ५, २०८१

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति श्रेष्ठसहित सात जनाविरुद्ध भष्टाचारको मुद्धा

काठमाडौँ ज्येष्ठ १८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा महेश्वरमान श्रेष्ठ, रजिस्ट्रार डा निरोज पाण्डे, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतसहित सात पदाधिकारीविरुद्ध भष्टाचारको अभियोग सहित विशेष अदालत काठमाडौँमा आज मुद्धा दायर pubbnaya1गरेको छ ।

विश्वविद्यालयका पदाधिकारीले केही वर्षदेखि ऐन, नियमविपरीत विभिन्न कार्य गरी अनियमितता एवम् भ्रष्टाचार गरिरहेको भन्ने सम्बन्धमा आयोगबाट अनुसन्धानका क्रममा प्राप्त प्रतिवेदनको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको देखिँदा निजहरूलाई ऐनको दफा १७, दफा ३(१) र दफा ३(१) को खण्ड (ङ), (छ), (ज) र (झ) बमोजिम हदैसम्मको सजायको माग दाबी लिई उपकुलपतिदेखि डिनसम्मका विशिष्ट श्रेणीका पदाधिकारीको हकमा ऐनको दफा २४ अनुसार थप सजाय हुनेसमेतको माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले मुद्धा दायर गरेका अन्य पदाधिकारीहरुमा क्रमस विश्वविद्यालयका कला, शिक्षा र कानुन सङ्कायका डिन शम्भुप्रसाद कोइराला, विज्ञान तथा प्रविधि सङ्कायका डिन शुभनारायण पाठक, व्यवस्थापन सङ्कायका डिन श्यामबहादुर कटुवाल र विज्ञान तथा प्रविधि सङ्कायका सहायक डिन राजेशकुमार झा रहेको आयोगले जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031