शनिबार, बैशाख ८, २०८१

पुरानो घर भत्काउदै गरेका ४ जना मजदुरको पुरिएर मृत्यु

काठमाडौं आषाढ १४, काठमाडौंको वडा नम्बर १२ लगनस्थित व्रह्मटोलमा नयाँ घर बनाउनका लागि रविन्द्रलाल श्रेष्ठ र समिस्ता श्रेष्ठको पाँच तल्ले पुरानो घर भत्काउने क्रममा अचानक घरको तल्लो भाग भत्किएपछि घर भत्काउदै गरेको ४ जना मजदुरको पुरिएर मृत्यु भएको छ।

पुरिएका कामदारलाई उद्धार गरी वीरअस्पतालमा ल्याइएकामा उपचारमा क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ठेकेदार पोतबहादुर पाण्डे, नुवाकोटका गणेश विक, धादिङ् वैरेनीका विष्णु भण्डारी र खोटाङ् धारापानीका भुपाल मगर रहेको प्रहरीले जनाएको छ ।

स्थानीबासिन्दाका अनुसार घर भत्काउँदै गर्दा कोहि चौथो तल्लामा खाना खाँदै रहेका अवस्थामा बिहान ११ बजे अचानक घर भत्किएपछि यति ठूलो क्षति भएको हो बताएका छन । अहिले सो क्षेत्रमा प्रहरी, नेपाली सेना र स्थानीय बासीले सयुक्त रुपमा उद्दारकार्य गर्दै गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।