शुक्रबार, बैशाख ७, २०८१

पार्टी रुपान्तरणको विषयलाई प्रभावित पार्न खोजिएको नेता डा. भट्टराईको आरोप

नेता डा. भट्टराईले  ट्वीटरमामार्फत् भने छट्टु स्याल प्रवृत्तिबाट सतर्क बनौं

काठमाडौं ज्येष्ठ २४, एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराईले पक्षले छुट्टै कार्य विभाजन गरेको भन्ने समाचारमा सार्वजनिक baburam-tweetभइरहेको अवस्थामा शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमामार्फत् पार्टी रुपान्तरण अभियानलाई विषयान्तर गर्न खोजिएको भन्दै पार्टी फुटको हल्ला चलाएर पार्टी रुपान्तरणको विषयलाई प्रभावित पार्न खोजिएको आरोप लगाएका छन् ।

नेता भट्टराईले पार्टी नेतृत्वप्रति लक्षित गर्दै आफ्नो ट्वीटमा लेखेका फुटको हल्ला गरेर पार्टी रुपान्तरण अभियान विषयान्तर गर्ने छट्टु स्याल प्रवृत्तिबाट सतर्क बनौं । पार्टी विर्सजनबाट बचाऔं, नयाँ शक्ति निर्माण गरौं ।