बुधबार, बैशाख १२, २०८१

पाँचतले मन्दिरको वर्षबन्धन पूजा गरियो

भक्तपुर आषाढ १४, विश्वसम्पदा सूचीमा सूचीकृत एवम् नेपाल संवत् ८२२ मा राजा भूपतीन्द्र मल्लले सिधाग्नी कोट्याहुति यज्ञ गरी मन्दिरको Nyatapoleप्रतिस्थापन गरेको  सबैभन्दा अग्लो भक्तपुर स्थित न्यातपोल (पाँचतले) मन्दिरको आज तान्त्रिक विधिअनुसार वर्षबन्धन तथा पूजा सम्पन्न भएको छ । भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार प्रस्तुत पूजा  तत्कालीन मल्ल राजा   भूपतीन्द्र मल्लले सिधाग्नी कोट्याहुति यज्ञ गरी मन्दिरको प्रतिस्थापन गरेदेखि हरेक वर्ष सुरु भएको वर्षबन्धन यस वर्ष आज सम्पन्न भएको बताउनुभयो ।

प्रत्येक वर्ष आषाढ शुक्ल पक्षको प्रतिपदाका दिन गरिने वर्षबन्धन पूजामा कर्माचार्य, राजोपाध्याय, जोशी, चोकाभडेल आदि समुदायका मानिसले पूजा गर्ने प्रचलन छ । तलेजुका दिचोक पुजारी यज्ञमान कर्माचार्यले आज श्रीभवानीको पूजा गरेको थिए । सो अवसरमा मन्दिरको गजुरमा झन्डोत्तोलन गरिनाका साथै भक्तपुरको तुछिमलास्थित अवाल समुदायले गजुरमा करिब दुई मि सेतो कपडामा रातो चन्द्राकार झन्डोत्तोलन गरिएको थियो ।रासस