मङ्लबार, बैशाख ४, २०८१

परिचयपत्र नभएपनि मतदान गर्न पाइने

काठमाडौँ आषाढ ७, निर्वाचन आयोगले काठमाडौं क्षेत्र नं. २, चितवन ४, बर्दिया १ र कैलाली–६ मा आईतवार हुने संविधानसभा सदस्य voting boxउपनिर्वाचनमा मतदाता परिचयपत्र नलिई वा हराएको अवस्थामा उपस्थित हुने मतदाताहरुले पनि परिचय खुल्ने प्रमाणित कागजातको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ । तर यसको लागि फोटोसहितको मतदाता नामावलीमा नाम भने हुनु पर्ने छ ।

आयोगको शुक्रबार बसेको बैठकले फोटोसहितको मतदाता नामावलीमा नाम रहेको तर मतदान गर्न परिचयपत्र नभएको अवस्थामा निजको मतदाता नामावलीमा रहेको नाम र विवरणसँग मेलखाने नेपाली नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा सवारी चालक अनुमतिपत्र वा नेपाल सरकार र सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका मतदाताको परिचय खुल्ने तस्विरसहितको अन्य कागजातको आधारमा पनि मतदान गर्न दिने व्यवस्था मिलाउने निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।