शुक्रबार, चैत्र १६, २०८०

पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक,७ सय ७८ पत्रपत्रिका वर्गीकरणमा

काठमाडौं आषाढ ४, प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०६८।६९ को पत्रपत्रिका वर्गीकरणको नतिजा  सार्वजनिक गरेको छ । कूल ८ सय ८५ councilपत्रपत्रिका वर्गीकरणको लागि आवेदन दिएकोमा ७ सय ७८ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् । त्यसैगरि १सय ७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

वर्गीकरण नतिजा अनुसार राष्ट्रियस्तरमा २ सय ३२, क्षेत्रीयस्तरमा २ सय ३८ र स्थानीयस्तरमा ३सय ८ समावेश भएका छन् । दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक र साहित्यिक गरी राष्ट्रिय, क्षेत्रीय र स्थानीयस्तरमा कू वर्गमा १ सय ३९, ख वर्गमा २ सय ४६, ग वर्गमा २ सय ५८ र घ वर्गमा १सय ३५ रहेका छन् ।

अनियमित, हुबहुँ, फोटोकपि, पेज नपुग भै प्रकाशित १सय ७ पत्रपत्रिका वर्गीकरणमा समावेश नगरिएको प्रेस काउन्सिलले जनाएको छ ।

वर्गीकरणको नतिजा उपर चित्त नबुझ्नेले चित्त नबुझ्नाको आधार, कारण र प्रमाण सहित काउन्सिलमा निवेदन दिने सकिने व्यवस्था मिलाइएको छ । पत्रपत्रिका वितरण सम्परीक्षण समितिको सिफारिशलाई हालै बसेको काउन्सिलको बैठकले स्वीकृत गरी नतिजा सार्वजनिक गरिएको हो ।

पत्रपत्रिका वर्गीकरणको विस्तृत विवरणको लागि यहाँ क्ल्कि गर्नुहोला  ।