शुक्रबार, चैत्र १६, २०८०

पत्रपत्रिका वर्गिकरण विभेदपूर्ण भन्दै युनियनले जनायो आपत्ति

काठमाडौं आषाढ १२, प्रेस काउन्सिल नेपालले हालै गरेको आर्थिक वर्ष २०६८र६९ को पत्रपत्रिका वर्गिकरणको परिणामप्रति नेपाल प्रेस युनियनले आपत्ती जनाएको छ । काउन्सिलले पत्रपत्रिका संपरिक्षण समितिमार्फत गरेको मूल्यांकन भेदभाव एवम् पक्षपातपूर्ण र आस्थाका आधारमा विभेदपूर्ण press unionरहेको भन्दै युनियनले काउन्सिलले सार्वजनिक गरेको वर्गिकरणको परिणाम प्रति आपत्ती जनाएको हो ।

त्यस्तै युनियनका महासचिव शिव लम्सालद्वारा जारी विज्ञप्तिमा वामपन्थीले चलाएका पत्रपत्रिकालाई प्रोत्साहन गरेर लोकतन्त्र र व्यवसायिक पत्रकारिता पक्षधर पत्रपत्रिकाको मूल्यांकनमा तल पार्ने र समावेश नै नगर्ने जस्ता काम गरेको आरोप लगाएको छ ।

यो मूल्यांकनले पत्रपत्रिकाको व्यवसायिक विकासको आधारलाई नै झत्काउने र आफ्ना पक्षपोषक पत्रपत्रिकालाई पुरस्कृत गर्ने घोर अप्रजातान्त्रिक कामलाई तुरुन्त रोक्न र भेदभावपूर्ण मूल्यांकनलाई स्वीकृत नगर्न युनियन सूचना तथा सञ्चार मन्त्रालय र माननिय सुचना तथा सञ्चारमन्त्रीको ध्यानाकर्षण पनि युनियनले गराएको छ । साथै २०६९र७० को पत्रपत्रिका वर्गिकरणलाई यथाशीघ्र र निष्पक्षरुपमा गरउँन माग पनि युनियनले गरेको छ । भेदभावपूर्ण तथा पक्षपातापूर्ण वर्गिकरणको मूल्यांकनलाई अस्वीकृत नगरिए युनियन आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।