शुक्रबार, बैशाख १४, २०८१

नेता भट्टराई पक्षले छुट्टै कार्यविभाजन गरेको भन्ने समाचारमा कुनै सत्यता छैन प्रवक्ता : शर्मा

काठमाडौँ ज्येष्ठ २३, एनेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले पार्टी नेता डा बाबुराम भट्टराई पक्षले छुट्टै कार्य विभाजन गरेको भन्ने images (21)समाचारमा सत्यता नभएको दाबी गर्नुभएकोे छ । प्रवक्ता शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको शीर्ष तहमा नेताहरूबीच सौहार्दपूर्ण छलफल भइरहेको अवस्थामा डा भट्टराईका बारेमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित÷प्रसारित समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको बताउँदै ती समाचार भ्रमपूर्ण रहेकाले त्यसको खण्डन गरेको उल्लेख गर्नु भएको छ ।