बिहिबार, बैशाख १३, २०८१

नसुल्झिएको रहस्य राजदरवार हत्याकाण्डको वास्तविक तथ्य अझै उद्घाटित हुन सकेनन

नारायणहिटी दरवार हत्याकाण्ड भएको १२ वर्ष पुरा

काठमाडौँ ज्येष्ठ १९,  आज ज्येष्ठ १९ अर्थाथ मुलुकमा अकल्पनीय एवम् विभत्स घटना भएको दिन । त्यो दिन जुन दिन सम्पूर्ण नागरिको आँखाबाट बलिन्द्र धारा आँसु खसेको दिन । हो आज भन्दा ठीक १३ वर्षअघि ज्येष्ठ १९ गतेकै राति कहालीलाग्दो दरवार हत्याकाण्ड भएको दिन आफ्ना प्यारा राजा royal_family_birendra-mविरेन्द्रको वंशविनास भएको दिन । तत्कालीन् राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका दश जना सदस्यको निर्मम हत्या भएको दिन । घटनाको १३ वर्षपछि पनि त्यो हत्याकाण्डको वास्तविक तथ्य अझै उद्घाटित हुन सकेको छैन । २०५८ साल ज्येष्ठ १९ गते राति भएको सो गोलिकाण्ड अझ पनि रहस्यकै रुपमा छ ।

राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएको बेलामा भएको उक्त गोलीकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो ।

यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नया मोड लियो र यस वीचमा भएको जनआन्दोलन २०६२/६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो ।

हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । घटनाको १२ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । त्यस्तै यसवीचमानै मुलुकको कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा आसिन एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हत्यारा पत्ता लगाइ कारावाही गर्ने प्रतिबद्धता जनाएपनि उहाँले आफ्नो भनाईलाई कार्यान्वयनमा ल्याउन सकेनन भने त्यसपछिका  अन्य कार्यकारी प्रमुखहरुले पनि प्रस्तुत प्रङगमा आफ्नो नजर अन्दाज सहितको मौनतालाइ कायमनै राखेका कारण दरवार हत्य काष्ड पछाडिका रहस्य अझैपनि नसुल्झिएको रहस्यका रुपमा गुमनामनै  रहन पुगेका छन ।