शुक्रबार, बैशाख ७, २०८१

नक्कली विवरण भर्दै नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ

वीरगन्ज अषाढ ३,  झुठो विवरण पेस गरी नागरिकता लिएको मुद्दामा फरार एक भारतीय नागरिकलाई पर्सा प्रहरीले गएराति पक्राउ गरेको छ । nagarikta-politics (1)भारत विहार पश्चिम चम्पारण जिल्ला, शिकारपुर थाना निवासी सुलेमान मियाँका छोरा मन्सुर खाँलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगन्ज–३ छपकैया बस्ने फरिद मिस्त्री भन्ने फरिद शेषको छोरा बनी झुठा विवरण पेस गरेर २०३३ सालमा नागरिकता लिएको र नागरिकता मुद्दामा फरार रहेका मन्सुर खाँ भन्ने मन्सुर शेषलाई विशेष सूचनाको आधारमा खटिएको टोलीले वीरगन्ज उपमहानगरपालिको वडा नम्बर ३ बाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनु भएको छ ।

प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार पक्राउ परेका खाँमाथि नागरिकता ऐनअन्तर्गतको कसुर मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031