शुक्रबार, चैत्र १६, २०८०

दुई महत्वपूर्ण प्रस्ताव स्वीकृत गर्दै शासकीय स्वरुप सम्बन्धी छलफल टुङगीयो

संविधानसभाको बैठक:

काठमाडौँ आषाढ ९, आजको संविधानसभा बैठकमा जारी राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथिको छलफल टुङग्याउँदै प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषयको निक्र्याेलसम्बन्धी प्रतिवेदन, २०७१ लाई संविधानको प्रारम्भिक मस्यौदाका लागि संविधान  biccमस्यौदा समितिमा पठाइयोस् भन्ने प्रस्ताव र सहमतिका विषयको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ का साथ प्रस्तुत गरिएको असहमतिका विषयहरूमा सहमति गर्न आवश्यक निर्देशनसहित संवैधानिक–राजनीतिक संवाद तथा सहमतिमा पठाइयोस् भन्ने दुईवटा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट स्वीकृत गरिएको छ ।

यसअघि बैठकमा संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री, संवैधानिक राष्ट्रपति, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा समाजका सबै जातजाति भाषाभाषीलाई समेट्ने र समानुपातिक र समावेशी सिद्धान्तको मान्यतालाई सम्मान गर्ने गरी राष्ट्रपतिको चयन हुनुपर्दछ भन्नेमा अलगअलग दृष्टिकोण सहित संविधानसभाका सदस्यहरुले आ(आफ्ना विचार प्रस्तुत गरेका थिए ।