शुक्रबार, चैत्र १६, २०८०

तत्कालिन शिक्षा उप सचिव भट्टराई सहित ८ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर

काठमाडौं ज्येष्ठ २९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा मन्त्रालयका तत्कालिन उप सचिव बेणीमाधब भट्टराई सहित ८ जना उपर akthar3भ्रष्टचारको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार तत्कालिन शिक्षा उप सचिवको मिलेमतोमा विद्यार्थीलाई भारतलगायतका मुलुकमा डाक्टर पढाउन पठाउने भन्दै ४ करोड ७६ लाख ७२ हजार रुपैयाँ घुस लिएको अभियोगमा मुद्धा दायर गरिएको  हो ।

 यसरी मुद्धा दायर गएिको अभियुक्तहरुमा क्रमस जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका सह प्राध्यापक विनोकुमार मिश्र र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरका विज्ञान तथा प्रविधि संकायका उप९प्राध्यापक मनोज मिश्रसमेत संलग्न रहेको अगोगले जनाएको छ। उपसचिव भट्टराईसहित तीनजनाले चार करोड ५० लाख रुपैंया लिएको दाबी सहित अख्तियारले निजहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुरुप विगो वमोजिम जरिवाना र कैद सजायको मागदावी गरेका छ।