शनिबार, बैशाख ८, २०८१

जन्म शताब्दीको अवसरमा जननेता विपी कोइरालाका बहुआयामिक एवम् दुर्लभ फोटो प्रदर्शनी गरिने

काठमाडौ जेष्ठ २२, नेपालको ऐतिहासिक, राजनीतिक, सास्कृतिक, सामाजिक, आर्थिक, पर्यटकीय तथा कला–संस्कृतिको संरक्षणका लागि प्रतिवद्ध संस्था साँस्कृतिक संग्रहालय नेपालको आयोजनामा जननेता एवम् अन्र्तराष्ट्रिय छवी बोकेको राष्ट्रिय व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको abजन्मशताब्दीको अवसर पारेर राजधानीमा उनको राजनीतिक तथा साहित्यक विधाका दुर्लभ फोटो प्रदर्शनी हुने भएको छ । जननायक वीपीको सय वर्ष’ नामक फोटो प्रदर्शनी राजधानीको बबरमहलस्थित नेपाल कला परिषदमा जेष्ठ २४ गतेदेखि ३० गतेसम्म आयोजना गरिने आयोजक संस्थाले राजधानीमा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको छ। पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका  युवा नेता लोकस ढकाल र विपी कोईरालाल चिन्तन प्रतिष्ठानका अध्यक्ष  हरीबोल भट्रराइ,आयोजक संस्थाका अध्यक्ष क्षितिज अरुण श्रेष्ठ लगायतका वक्ताहरुले  जननायक विपी कोइरालाका बहुआयामिक व्यक्तित्वमाथि प्रकास पार्नुभएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाले राजनीतिमा मात्र होइन, नेपाली साहित्य आकासमा पनि उक्तिकै लोकप्रियता हासिल गरेका छन्। यौन मनोविज्ञानका यथार्थपरक विश्लेषणले कोइरालालाई नेपाली साहित्याकाशमा छुट्टै पहिचान दिलाएको छ। कोइरालाले उपन्यास र कथा विधामा भिन्न मौलिकता पस्केर नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदान आफैमा अवर्णिय रहेको भन्दै नेपाली राजनीति तथा साहित्याकाशका बहुमुखी प्रतिभा वीपी कोइरालाको विभिन्न आयामहरुलाई समेटेर हुन गईरहेको दुर्लभ एवं ऐतिहासिक तस्वीरको प्रदर्शनीले जननेता कोइरालाका समग्र जीवनका साथै ओझेलमा परेका उनका विविध आयामहरुलाई बुझ्न सजिलो हुने विश्वास आयोजक संस्थाले लिएको छ।

साथै पत्रकार सम्मेलनमा वितरित  प्रेस विज्ञप्तिमा साताव्यापी रुपमा सम्पन्न गरिने ऐतिहासिक फोटो प्रदर्शनीको अलावा कार्यक्रम अवधिभर नेपालका चर्चित कलाकारहरुबाट विपी कोइरालाको जीवनका घटनाक्रम, राजनीतिक तथा साहित्यिक चिन्तनलाई समेटेर तयार पारिएका चित्रकलाको प्रदर्शन, विपी कोइरालाको प्रतिमा निर्माण, विपी कोइरालाका तस्वीरहरुको सचित्र पुस्तक, नेपालका विशिष्ट व्यक्तित्वहरुको विपी कोइराला प्रति संस्मरणात्मक अभिव्यक्ति संगालो पुस्तक पनि प्रकाशन गरिने जनाएको छ । त्यस्तै प्रस्तुत फोटो प्रर्दशनी कार्यक्रमको संरक्षकत्व नेपाली काँग्रेस केन्द्रीय समिति र विपी कोईरालाल स्मृति ट्रष्ट विपी कोईरालाल चिन्तन प्रतिष्ठानको सम्बन्धनमा सम्पन्न हुँने जानकारी आयोजक संस्थाले दिएको छ ।