शुक्रबार, चैत्र १६, २०८०

जनताको अधिकार कुण्ठित गर्ने विधेयक मान्य हुन्न : अध्यक्ष प्रचण्ड

विराटनगर आषाढ १३, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पाँच पार्टीबीच १२ बुँदे शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुसार dhaallसंविधान निर्माणका लागि कार्यगत एकता भएको बताउनुभएको छ । कर्यकर्ता  प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको साथमा शुक्रवार विराटनगर पुग्नु भएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले   विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँगको कुराकानी गर्दै शनिवार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चा गठन गर्नुपर्नाको उद्देश्यबारे आफ्नो स्पष्ट दृष्टिकोण अभिव्यक्त गर्नु भएको हो  ।

त्यस्तै एक प्रसङमा अध्यक्ष दाहालले सर्वत्र चर्चाको चरमचरलीमा रहेके अदालत अपहेलना विधेयकका सम्बन्धमा प्रस्तुत विषयमा छलफल हुने भन्दै कुनै पनि बहानामा जनताको अधिकार कुण्ठित गर्ने विधेयक आफूहरूलाई मान्य नहुने र यसमा आफ्नो अडान कायम हुनेमा  पत्रकार लगायत अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाइ सवैलाइ निश्चिन्त रहन आग्रह गनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।