मङ्लबार, बैशाख ४, २०८१

घूस लिँदै गर्दा रङ्गेहात पक्राउ पक्राउ परेका जिविसका इन्जिनियर देवकोटाविरुद्ध मुद्धा दायर

काठमाडौँ ज्येष्ठ २०, गत ज्येष्ठ १ गते घूस लिँदालिँदै पक्राउ परेका काठमाडौँका जिल्ला विकास समिति अन्र्तगत जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शालिकराम देवकोटासहित तीन जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
akhtiyar-ayoogइन्जिनियर देवकोटासहितका टोलीले ब्रदर्स निर्माण सेवा कम्पनीलाई ‘घ’ वर्गको निर्माण इजाजत दिने सिलसिलामा छिटोछरितो इजाजतपत्र बनाइदिने भनी उक्त निर्माण कम्पनीसँग रु एक लाख घूस लिँदै गरेको अवस्थामा कार्यालयबाटै अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियारले आज दायर गरेको मुद्धामा इन्जिनियर देवकोटाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० द्वारा परिभाषित कसुर गरेकाले सोही ऐनको दफा ३ को उपदफा १ तथा ३ (१) को खण्ड (ग) बमोजिम हदैसम्मको सजाय माग गरेको भने नायब सुब्बा रुकु खत्रीलाई सोही ऐनको दफा ३ को उपदफा १ तथा दफा ३(१( को खण्ड (क) बमोजिम सजायको मग गरेको छ । त्यस्तै विचौलिया रेशमबहादुर तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम हदैसम्मको सजायको माग दाबी गर्दै मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।