शुक्रबार, चैत्र १६, २०८०

खेलकुदमन्त्री पौडेल र राखेपका सदस्यसचिव लामावीचको जुहारी कहिले सम्म ?

राखेपका सदस्यसचिव युवराज लामाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलविरुद्ध मानहानी मुद्दा हाल्ने

yubraj lama
(खेलकुदमन्त्री पुरुषोत्तम पौडेल राखेपका सदस्यसचिव युवराज लामालाई लेखेको पत्र )

काठमाडौं ज्येष्ठ २८, खेलकुदमन्त्री पुरुषोत्तम पौडेल राष्ट्रिय खेलकुद परिषद‌्का सदस्यसचिव युवराज लामावीच फेरि नयाँ जुहारी सुरु भएको छ । प्रस्तुत जुहारीको नयाँ श्रृखला अनुरुप राखेपका सदस्यसचिव युवराज लामाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलविरुद्ध मानहानी मुद्दा हाल्ने भएका छन् ।

सर्वोच्चको आदेशविपरीत मन्त्री पौडेलले आफूलाई काम रोक्न पत्राचार गरेको भन्दै लामाले मुद्दा हाल्ने चेतावनी दिएका हुन् । मन्त्री पौडेलले सर्वोच्चले दिएको अन्तरिम आदेश अनुसार २६ गतेपछि काम गर्न नमिल्ने भन्दै अर्को पत्राचार गरेपछि खेलकुदमन्त्री र सदस्य सचिव लामावीच पत्राचार र मुद्धा प्रकरणको जुहारीले प्रशय पाएको हो ।

यस अघि सदस्य सचिललामलाई मन्त्री पौदेलले पदबाट राजीनामा दिन पटक पटक तोकत गर्दा पनि मन्त्री उक्त तकेतालाई लामले अस्वीकार गरेपछि मन्त्री पौडेलले लामालाई गत ज्येष्ठ २ गते बर्खास्त गरेका थिए । तर लामाले आफूलाई गैरकानुनीरुपमा हटाइएको भन्दै सर्वोचमा रिट दिदा सर्वोच्च अदालतले ज्येष् २६ गतेसम्ममका लागि पदमै बहाल रहन अन्तरिम आदेश दिएको थियो ।