बुधबार, बैशाख १२, २०८१

क्षेत्र न.२ मा काँग्रेसका उम्मेदवार कुइकेलको विशेष घरदैलो अभियान

काठमाडौँ ज्येष्ठ ३१ , संविधानसभा सदस्य उप निर्वाचनको मिति जतिजती नगिच आउँदै छ त्यतीकै अनुपातमा उम्मेदवारहरुको दौडधुप पनि बढ्दो ghar dailo 2रहेको छ । आगामी अषाढ ८ गते हुन गईरहेको उप निर्वाचनका लागि काठमाडौैं क्षेत्र नं २ मा उम्मदेवार कार्यकर्ता र आम क्षेत्रीय मतदातामा बेग्लै किसिमको चहलपहल देखिएको छ ।

यसै क्रममा आज उक्त क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार दिपक कुइकेलले काँग्रेसका सभासद, महासमिति सदस्य लगायत बृहत जनसमूदायको उपस्थितीमा विशेष चुनावी घरदैलो अभियानको आयोजना गरेका छन ।

प्रस्तुत अभियानमा काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, कठमाडौं काँग्रेसका सभापति  भिमसेनदास  प्रधान, महासमिति सदस्य लोकेश ढकाल, प्रतिमा गौतम लगायतको उपस्थिती रहेको थियो ।