शनिबार, बैशाख ८, २०८१

क्रान्ति प्रतिको निष्ठा र वैचारिक स्पष्टताको बेजोड सङगम थ्याङ्क्यू मिस्टर ग्ल्याड

 काठमाडौं ज्येष्ठ २८, नेपाली रङगमञ्चको दुनियाँ एक प्रयागधर्मी नाट् संस्थाको प्रारुपमा दुईदशक भन्दा लामो समय यता देखि क्रियाशील   संस्था रङगसारथीको पछिल्लो र नविनतम प्रस्तुति नाटक थ्याङ्क्यू मिस्टर ग्ल्याड’ राजधानीको थेट्रर भिलेजमा मञ्चन भईरहेको छ ।  अनिल वर्बेद्धारा लिखित प्रस्तुत नाटकको नाटककार , पत्रकार एवम् निेर्देशक विजय विस्फोटले गर्नुभएको छ।  नाटकमा मुख्यत  पश्चिम बङगालमा जारी नक्सलवादी आन्दोलनको पृष्ठभूमिमा केन्द्रीत रहेर सन १९६४ मा भारतीय साहित्यकार अलिल बर्बेद्धारा लिखित नाटकलाई निेर्देशक विस्फोटले नेपालको तत्कालीन राणाकालीन परिवेसमा रुपान्तरण गरेका छन । तत्कालीन नक्सलवादी  विद्रोहको क्रममा आधादर्जन भन्दा बढि प्रहरीहत्याको अभियोगमा पक्राउ परेका क्रान्तिकारी नागभूषण नेपालीलाई त्यसवेलाका शाासकले आतङककारीको विल्ला लगाउँदै मृत्युडण्डको फैसला गरेको कारुणिक दृष्य प्रस्तुत गरेका छन ।

13

आमुल परिवर्तनका संवाहक मात्र नभएर पेशागतरुपमा बौद्धिक क्रान्तिकारी अर्थाथ मेडिकल डक्टर समेत रहेका नागभूषणलाई मृत्युडण्डकोलागि त्सवेलाका नामुद तथा क्रुर जेलरकोरुपमा चित्रण गरिएका मिस्टर ग्ल्याडको कारागारमा पठाउँछन   । 

11

त्यस्तै मिस्टर ग्ल्याडको कारागारमा बन्दी रहेकै अवस्थामा नागभूषण्की श्रीमती दुर्गा आफ्नो श्रीमान नाग भूषणलाई भेट्न आउँदा जेलर ग्यालडले गरेको व्यवाहर र एक निष्ठानवान क्रान्तिकारी व्यक्तिलाई शासकको कठपुतली बन्दै  नारीअस्त्रको प्रयोग गर्दै बौद्धिक क्रान्तिकारी भूषणलाई विचलित तुल्याउँन आममाफीको नाममा दिएको मनोवैज्ञानिकदवाव र त्यसको प्रतिउत्तर दिदै श्रीमती भूषणले  जेलर ग्ल्याडलाई अवाक बनाउँदै अभिव्यक्त  संवाद मात्र होइन उनले श्रीमानको क्रान्तिकारीता प्रतिको निष्ठा र वैचारिक स्पष्टता प्रखरितरुपमा प्रष्ठाउँदै किन्चित पनि विचलित नहुँन दिएको सल्लाह आफैमा मर्मस्पशी रहेको छ।

12

निर्देशक विस्फोटका अनुसार यता फाँसीमा लटकने समयको प्रतिक्षा गर्दै गरेका भूषण र मध्यरातको समयमा प्रशव पिडाबाट चिकित्शकको अभावमा जीवन र मृत्युको दोसाँधमा छटपटाईरहेका जेलर ग्ल्याडको छोरी जीनले भोग्दै गरेको प्रशव व्यथाबाट अत्तालिएका जेलरको अवस्था पनि त्यतिकै कारुणिक रहेका छन । ततपश्चात ऐन वक्तमा जेलरको छोरीलाई प्रशव पिडाबाट बन्दी अवस्थामानै  राजनैतिक प्रतिशोध र बदलाको भावनाको धरातल भन्दा माथि रहेर उपचार गरि जीनलाई नयाँ जिवन प्रदान गर्छ भूषणले ।

109

  अन्तत भूषणको यो महान कार्यबाट अभिप्रेरित  जेलरमा विद्यमान क्रुरता नामेट हुन्दै राजनैतिक बन्दी माथि उनले हिजका दिनमा गर्ने गरेको दमन क्रमस स्खलित हुन्दै जान्छ ।  समग्रमा एक सच्चा क्रान्तिकारीको क्रान्तिकारीतालाई बुझाउँन सफल मानिएको नाटक थ्याङ्क्यू मिस्टर ग्ल्याड आफैमा बेजोड त छ नै त्यसमाथि पनि वास्तविक क्रान्तिकारीले कसैको ज्यान लिदैन वरु उ आफै वलिदान हुँन तयार हुन्छ भन्ने महान शिक्षा दिन बेजोडरुपमा सफल भएको प्रतित हुन्छ । ।

साथै जेलर ग्ल्याडको भूमिकामा  निेर्देशक विस्फोटले निर्वाह गरेको भूमिका आफैमा बेजोडका अलावा जिवन्त् रहेको छ भने क्रान्तिकारी नागभूषणको   भूमिकामा  युवा कलाकार टीकाभक्त जिरलले जुन जिवन्त प्रस्तुति दिएक छन त्यो आफैमा  नाटकको महत्वपूर्ण पक्ष मान्न सकिन्छ । त्यस्तै गरी डिउटी गार्डद्धय कुश शर्मा, दिलिप राई , जेल चौकिदार जेवीडिसी , हवलदार पूर्खाजित राइ, श्रीमती नागभूषणको मूमिकामा ज्योती राइ , अर्दलीको भूमिकामा होममनाथ भण्डारी र जेलरको छोरीको मूमिकामा रीता थापाले गरेको अभिनय पनि त्यतिकै उटकृष्ट रहेको छ।   समग्रमा नाटक मञ्चनको क्रममा निेर्देशक विस्फोटले गरेको मेहनत त आफैमा वर्णन योग्य रहेको छ । फोटो:  निेर्देशक विस्फोटको फेसबुकपेजबाट लिइएको हो (.स)