शनिबार, बैशाख ८, २०८१

कार्यगत एकताको लागि धेरै कुर मिल्न बाँकी रहेका उपाध्यक्ष गजुरेलको खुलासा

काठमाडौँ आषाढ ८, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादीसँग बजारमा चलेको हल्ला जस्तै तत्काल पार्टी एकीकरण हुने cp-gajurel संभावन नभएको बताउनुभएको छ । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष गजुरेलले नेकपा–माओवादी र एमाओवादी बीच अझै कार्यगत एकताको लागि धेरै कुर मिल्न बाँकी रहेको खुलासा गर्दै छलफलको क्रममा आफ्ने तर्फबाट प्रस्तुत गरेको बुँदागत प्रसङगमा सहमति नगरेसम्म पार्टी एकताको सवाल आफैमा पूर्ण नहुने बताउँनु भएको छ । साथै यसवीचमा भएको छलफलमा भने वैचारि एवम् नितिगत विषयका पक्षमा केहि कार्यगत एकता भने भएको ब��ाउनु भयो ।

त्यस्तै उपाध्यक्ष गजुरेलले मुलुकको राष्ट्रिय स्वाधीनता माथि चौतर्फी खतरा रहेकोतर्फ सबै सचेत हुनु जरुरी रहेको भन्दै राष्ट्रिय स्वाधीनता, जनजीविका र जनसंविधानको प्रत्याभूतिका लागि वर्तमान संविधानसभाको विकल्प अर्को खोजिनुपर्ने बताउनुभयो ।