बिहिबार, बैशाख १३, २०८१

कामपाका कर्मचारीको व्यवाहर र कार्यशैली सेवामैत्री बनाउँन मन्त्री सिंहको निर्देशन

काठमाडौं ज्येष्ठ २७,  उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आज काठमाडौं महानगरपालिकाको अनुगमन गर्दै अब बन्ने संघीय संरचनामा उपत्यकाका सम्पूर्ण नगरपालिकाहरुलाई नेतृत्व गर्न सक्ने कानूनी आधार र संगठन संरचनासहितको व्यवस्था  महानगरलाई प्राप्त हुने बताउनु भएको छ ।

अनुगमनका क्रममा मन्त्री सिंहले काठमाडौं महानगरपालिकाप्रति सेवाग्राहीहरुले पूर्वाधार निर्माण, वातावरणीय सुधार, सामाजिक, सांस्कृतिक एवं योजनावद्ध विकासका दृष्टिले धेरै अपेक्षा राखेको भन्दै आगामी दिनमा सेवाको क्रममा  कर्मचारीहरुको कार्यशैली सन्तोषजनक नरहेको गुनासो सूनिएको  भन्दै उहाँले तत्काल कर्मचारीको व्यवहार र  कार्यशैली सेवामैत्री बनाउँन   निर्देशन दिनुको अलावा  सेवाप्रवाह र भौतिक विकासकालागि नयाँ आयम थप्नु पर्ने धारणा राख्दै स्थानीय निकायहरु जनप्रतिनिधिविहिन हुँदा भोग्नु परेको समस्याका बिषयमा समेत चर्चा गर्नु भएको प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।
त्यस्तै मन्त्री सिंह सङगै अनुगमनकालागि कामपा केन्द्रीय कार्यालय पुग्नु भएका मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले महानगरले आफ्नो आन्तरिक आय बढाएकोमा सह्राना गर्दै बित्तिय प्रगति थप सुधार गर्न सुझाव दिनुभएको थियो ।

त्यस अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले चालु आर्थिक बर्षका प्रगतिलाई गएको आर्थिक बर्षका प्रगतिसँग तुलना गर्दै महानगरका सम्भावना र चुनौतीका बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहरी योजना आयोगका प्रमुख बिमल रिजाल लगायत  राजनैतिक दलको प्रतिनिधिहरुले पनि आ- आफनो धारण राख्नु भएको थियो ।   फोटो :   U.p. Lamichhane