बुधबार, बैशाख १२, २०८१

काठमाडौं युनियनमा अर्याल निर्वाचित

काठमाडौं ज्येष्ठ १८, प्रजातान्त्रिक पत्रकारहरुको छाता सङगठन  नेपाल प्रेस युनियनको काठमाडौं आईतवार सम्पन्न् निर्वाचनमा शाखाको नयाँ नेतृत्वमा निकटतम प्रतिद्वन्द्वी संगम बानियाँलाइ ३ मतको अन्तरमा  पराजित गर्दै १०६ मत सहित नकुल अर्याल  निर्वाचित भएका छन् ।  IMG_20140601_131022अर्यालका निकटतम प्रतिद्वन्द्वी संगम बानियाँले १०३ मत प्राप्त गरेका थिए भने अर्का अध्यक्षका प्रत्याशी उम्मेदवार जीवन भण्डारीले ९६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी आजै कार्यसमिति सदस्यमा पुष्पा शर्मा १८८मत, अर्जुन अधिकारी १७० मत , लक्ष्मी सापकोटा १६१ मत, अक्कलबहादुर कुँवर १४९ मत, सुदीप रेग्मी ११८ र अच्युत रेग्मी ११५ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष,सचिव रर कोषाध्यक्षमा क्रमस देवी सापकोटा, महेश्वर गौतम र , भागवत भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।

तेह्र सदस्यीय कार्यसमितिका लागि १० जनाको निर्वाचन भएको र बाँकी तीन सदस्य मनोनयन हुने व्यवस्था रहेको काठमाडौं युनियनले बताएको छ ।
जिल्ला कार्यसमितिबाट निर्वाचित हुने केन्द्रीय पार्षदका लागि सहमतिका आधारमा शनिबार नै आवेदन जम्मा गरिसकिएको जानकारी सहित केन्द्रीय प्रतिनिधी छनोटका कार्यारम्भ भएको बताइएका पनि यो समाचार तयार पार्दा सम्म् कुनै सूचना ना प्राप्त भईसकेको छैन । केन्द्रीय प्रतिनिधी छनोटका लागि महिलाको हकमा तीन सदस्यबराबर एक र पुरुषको हकमा पाँच सदस्यबराबर एक केन्द्रीय पार्षद छनोट हुने विधानत प्रावधान रहेको छ ।