शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं क्षेत्र न.२.मा लाल किल्ला तोडियो, काँग्रेसको अभूतपूर्व विजय

काठमाडौं आषाढ ९,  संविधानसभा सदस्यका लागि आइतबार उपनिर्वाचन भएको ४ वटा निर्वाचन क्षेत्र मध्य सर्वाधिक चर्चाको क्षेत्र बनेको काठमाडौं क्षेत्र न.२. मा नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइकेलले आफ्ना निकटम प्रतिद्धन्दी एमालेका कृष्णगोपाल श्रेष्ठलाई चारहजार ७ सय मतले पछि पार्दै विजयी भएका छन ।  उपनिर्वाचनको मतपरिणामअनुसार नेकाका उम्मेदवार दीपक कुइँकेल आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठभन्दा चार हजार ७७९ मतअन्तरले विजयी हुनुभएको हो ।

यसअघि २०४८ सालको निर्वाचनमा मदन भण्डारी र ,त्यसपछि बिध्या भण्डारी ,मनमोहन अधिकारी ,नारायण ढकाल ,प्रदीप नेपाल नेकपा माओवादीका झक्कु सुवेदी र त्यसपछि फेरि एमालेका वरिष्ठ नेता माधव  नेपालले लाल किल्लाको प्रारुपमा जरो गाड्दै आईरहेको काठमाडौं क्षेत्र २ निर्वाचन क्षेत्रमा यस पटक काँग्रेसले  अभूतपूर्व विजयी हाँसिल गरेको हो ।

गत मङसिर ४ गते सम्पन्न विधानसभाको निर्वाचनमा यस क्षेत्रबाट एमालेका वरिष्ठ नेतामाधव कुमार नेपालले चुनाव जितेको थियो । तर ६ महिनाको अन्तरालमा भएको उप चुनावमा कांग्रेसको तर्फबाट दीपक कुइकेल, एमालेको तर्फबाट बाट गत मङसिर ४ गने सम्पन्न् संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र न ९ मा काँग्रेसकै ध्यानगोविन्द रञ्जीत सङग पराजित भएका कृष्णगोपाल श्रेष्ठ र एमाओवादीबाट लिलामणी पोखरेलको उम्मेदवारी प्रस्तुत गरेका थिए ।

प्रस्तुत उप निर्वाचनको घोषित आधिकारिक नतिजा अनुसार काँग्रेस उम्मेदवार कुईकेलको १८ हजार २०० ,  एमालेका उम्मेदवार कृष्ण्गोपाल श्रेष्ठले  १३ हजार ४२१  र एमाओवादीका उम्मेदवार लिलामणि पोखरेलले  चार हजार ६०४ र त्यस्तै गरि राप्रपा नेपालका उम्मदवारले  ( ३,७४०) मत प्राप्त गरेका थिए । यसैवीच नवनिर्वाचित  सविधानसभा सदस्य  दीपकप्रसाद कुइँकेलले   सङ्क्षिप्त प्रतिक्रिया दिँदै  जनतासामु आफूले गरेका बाचालाई पूरा गर्न कार्यगत योजना बनाई अगाडि बढ्ने र यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनु भएको छ । मतपरिणाम घोषणा भएपछि नेकाका कार्यकर्ताले   विजय जुलुस निकालेका थिए।