शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस पदाधिकारी बैठकमा प्रम कोइरालाको स्वास्थ्यलाभको कामना

काठमाडौं आषाढ १२, नेपाली काँग्रेसको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले हाल अमेरिकामा स्वास्थोपचारमा nc jhandaरहनुभएका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकमा उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री कोइराला र उहाँका निजी चिकित्सक डा। करवीरनाथ योगीसँग आज बिहान भएको टेलिफोन सम्बाद र उहाँको स्वास्थ्य स्थितिकोबारेमा अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका लागि यही असार २ गते अमेरिका प्रस्थान गर्नु भएको थियो । उहाँको अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदैआएको छ ।