शुक्रबार, बैशाख ७, २०८१

ऐन कार्यान्वयनका लागि दबाबमूलक आन्दोलन गर्नुको विकल्प छैन : वक्ताहरु

काठमाडौ ज्येष्ठ ३०, क्रान्तिकारी पत्रकार महासङ्घ नेवाः समितिले आज राजधानीमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र त्यसको चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न संचार सस्था सम्वद्ध श्रमजीवी पत्रकारहरुका नेताहरुले श्रमजीवी पत्रकार ऐन पारित भएको २० वर्ष Rishiपुग्न लाग्दासमेत ऐन कार्यान्वयन नहुनुमा  दु : ख  प्रकट  गर्दै ऐन कार्यान्वयनका लागि पत्रकारहरूले दबाबमूलक आन्दोलन गर्नुको विकल्प नभएको बताउँनु भएको छ।

अन्तरक्रिया कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खेम भण्डारीले श्रमजीवी पत्रकार ऐनमा विभिन्न कमजोरी देखिएको बताउँदै ऐनको संशोधन वा प्रतिस्थापन आवश्यक रहेको बताउनुभयो । त्यस्तै गरि नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले मूलधारका सञ्चारमाध्यम र साना सञ्चारमाध्यमको अवस्थाबारे महासङ्घले समिति गठन गरी विवरण सङ्कलन गरिरहेको जानकारी दिँदै प्रतिवेदन तयार पार्ने बित्तिकै महासङ्घले आन्दोलन सुरु गर्ने बताउनुभएको थियो ।

त्यस्तै प्रेस युनियनका कोषाध्यक्ष ईश्वरी ओझाले महासङ्घलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य बनाउनुपर्ने तथा विचारका आधारमा पत्रकारलाई अन्याय गर्न नहुने अभिव्यक्ति दिनु भएको उक्त कार्यक्रममा प्रेस चौतारीका महासचिव माधव नेपालले ऐन कार्यान्वयन गर्न स्वयम् पत्रकार जागरुकताको पनि जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

क्रान्तिकारी पत्रकार सङ्घका नेवाः समिति संयोजक बलराम थापाले ऐन कार्यान्वयनका विषयमा लामो समयदेखि पटक÷पटक पहल भएपनि कार्यान्वयन नहुनु विडम्बना भएको बताउनुभयो । त्यस्तै उक्त कार्यक्रममा पत्रकारमहासङ्घका सचिव धमेन्द्र कर्ण, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, नेवा समिति संयोजक इन्द्र राउतलगायतले ऐन कार्यान्वयनका अव पनि दवाव दिन पत्रकारहरु पछि पर्नु नहुने बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031