बिहिबार, बैशाख १३, २०८१

एमालेको आसन्न नवौँ महाधिवेशनमा पत्रकारले पनि उम्मेदवारी दिदै

काठमाडौ आषाढ १३, नेकपा एमालेको आसन्न नवौँ महाधिवेशनमा चार जना पत्रकारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । UML_Logo_9_th_Congressयसरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पत्रकारहरु क्रमस एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख सूर्य थापा, प्रेस चौतारीका पूर्वअध्यक्ष गगन विष्ट, ‘सम्बोधन’ साप्ताहिकका प्रधानसम्पादक गोकुल बाँस्कोटा र ‘बुधबार’ साप्ताहिकका सम्पादक तथा प्रकाशक एवं प्रधानमन्त्रीका पूर्व सल्लाहकार विष्णु रिजाल रहेका छन ।

पार्टी नेतृत्वमा गतिशील युवाको उपस्थिति बढाउन तथा युवा आवाजलाई सम्बोधन गर्न आफूले उम्मेदवारी दिन लागेको उहाँहरुले बताउनुभएको छ ।